बाढीको कहर : विराटनगरमा तीन दिन विद्यालय बन्द गर्ने निर्णय

बाढीबाट विस्थापितलाई राख्ने ठाउँ नहुँदा विराटनगरका विद्यालय तीन दिन बन्द गर्ने महानगरपालिकाले निर्णय गरेको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विस्थापितहरुलाई राख्ने ठाउँको अभाव भएको कारण आकस्मिक बैठक बसेर यस्तो निर्णय गरेको जानकारी दिए ।‘बाढीले धेरै मानिस विस्थापित हुनुभएको छ, उहाँहरुलाई अहिले कहाँ राख्ने भन्ने विषयमा ठाउँको अभाव भयो,’ कोइरालाले भने, ‘त्यसो हुँदा हामीले विद्यालयमा राख्नका लागि तीन दिन विदा दिने निर्णय गर्यौं ।’ महानगर प्रमुख नागेश कोइ