पर्सा : भएका अस्पतालले नपुगेर वीरगन्ज महानगरपालिकाले अर्को २ सय ३० बेडको अस्थायी कोभिड अस्पताल वीरगन्जमा संचालन गरिरहेको छ। कोभिडका बिरामीलाई अस्पतालले अक्सिजन उपलब्ध गराउन सकस छ। यस्तो समयमा पनि उद्योगी र व्यवसायीले खाली तथा भरिएका अक्सिजन सिलिण्डर लुकाएर राखिएको अवस्थामा पर्सा प्रहरीले बरामद गरेको छ। विभिन्न ठाउँबाट प्रहरीले ३ सय ९३ वटा अक्सिजनका सिलिण्डर बरामद गर्न सफल भएका हुन्। भारतसँग सीमा जोडिएको वीरगन्ज क्षेत्र पहिलो कोरोना लहरमा पनि हटस्पटका रुपमा दर्ज भएको थियो। दोस