धमाधम नेतृत्वविहीन हुँदै दूतावास र नियोग

काठमाडौं : विभिन्न मुलुकमा रहेका नेपाली दूतावास नेतृत्वविहीन हुँदै गएका छन्। केही दूतावाससँगै संयुक्त राष्ट्रसंघीय नियोग पनि छिट्टै नेतृत्वविहीन हुँदै छ। कतिपय दूतावासबाट चारवर्षे कार्यकाल सकेर राजदूत तथा नियोग प्रमुख स्वदेश फर्किने तयारीमा छन्। आइतबारको गोरखापत्र दैनिकमा समाचार छ, परराष्ट्र मन्त्रालयका सूचना अधिकारी पारस पण्डितले सात वटा नियोग तथा केही दूतावासका नेतृत्व पद खाली भइसकेको र केहीको खाली हुने क्रममा रहेको छ। ‘चार जना फर्किसकेका छन्’, उनले भने, ‘अन्य फर्कि

सम्बन्धित सामग्री

नयाँदिल्लीस्थित अफगानिस्तानी दूतावास बिहीबारदेखि बन्द

अफगानिस्तानले भारतका लागि अफगानिस्तानको नयाँ दिल्लीस्थित राजदूतावास बिहीबारदेखि स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ।नयाँदिल्लीस्थित आफ्नो कुटनीतिक नियोग बन्द गर्नेबारे एक आधिकारिक विज्ञप्ति जारी गर्दै अफगानी दूतावासले भनेको छ, “भारत सरकारको निरन्तरको चुनौतीका कारण नोभेम्बर २३, २०२३ देखि लागू हुनेगरी दिल्लीस्थित नियोग बन्द गरिएको छ। दूतावासले यसअघि सेप्टेम्बर ३० मा उडान बन्द गरेपछि यो निर्णय गरिएको हो, जुन यो आशामा गरिएको कदम हो कि भारत सरकारको अडान अनुकूल रूपमा परिवर्तन हुनेछ र मिसनलाई स

राजदूत नियुक्तिमा सरकारको चासो, नाम सिफारिस गर्न गठबन्धनका नेतालाई आग्रह

हाल नेपालका तीनवटा संयुक्त राष्ट्रसंघीय नियोग र ३० देशमा दूतावास छन् । कुल ३० मध्ये हाल १० वटा मुलुकमा मात्र राजदूत छन् । बाँकी २० वटा नेपाली राजदूतावासमा राजदूत पद लामो समयदेखि रिक्त छ ।

आर्थिक अभावले तीनवटा दूतावास बन्द गर्दै श्रीलंका

कोलम्बो : श्रीलंकाले सोमबार आफ्ना तीनवटा विदेशी कूटनीतिक नियोग बन्द गर्ने घोषणा गरेको छ। लगातार घट्दै गएको विदेशी मुद्रा सञ्चिति बचाउन श्रीलंकाले यो कदम चालेको हो।देशको केन्द्रीय बैंकले अत्यावश्यक आयातका लागि आवश्यक पर्ने डलरलाई नियन्त्रण गर्न जोड दिएको छ। विदेश मन्त्रालयले नाइजेरियामा रहेको श्रीलंकाली उच्चायोग (दूतावास)का साथै जर्मनी र साइप्रसका वाणिज्य दूतावासहरू जनवरी १ तारिखदेखि बन्द गर्ने बताएको छ।कोभिडपछि श्रीलंका आर्थिक संकटमा फसेको छ। साथै चीनसँग लिएको बढ्दो ऋणसँग जुधिरहेको छ।गत वर्

एमसीसीको विरोध गर्ने ६ जना अमेरिकी दूतावास अगाडिबाट पक्राउ

काठमाडौँ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसीसी) को विरोधमा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । मोहन वैद्य नेतृत्वको नेकपा (माओवादी क्रान्तिकारी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का अध्यक्ष हरीकृष्ण गजुरेल, महासचिव पेशल दाहाल लगायत पक्राउ ६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाडौँस्थित अमेरिकी दूतावास अगाडिबाट पक्राउ गरिएको हो । […]

दूतावास र कूटनीतिज्ञलाई निशाना बनाउँदैनौं : तालिबान प्रवक्ता शाहिन

एजेन्सी।तालिबान समूहका प्रवक्ता मोहम्मद सुहेल शाहिनले अफगानिस्तानमा रहेका विभिन्न देशका कूटनीतिक नियोग र त्यहाँ कार्यरत कूटनीतिक कर्मचारीलाई आफूहरुले निशाना नबनाउने स्पष्ट पारेका छन्।पत्रकार सम्मेलनमा बोल्दै उनले लडाकूहरुलाई यस्तो निर्देशन दिइसकेको बताए।अमेरिका,बेलायतलगायत विभिन्न देशले काबुलमा रहेको आफ्ना दूतावास बन्द गर्ने घोषणा गरिरहेका बेला तालिबान प्रवक्ताबाट यस्तो आश्वासन आएको हो। “दूतावास र कूटनीतिज्ञलाई कुनै खतरा हुनेछैन, यो हाम्रो प्रतिबद्धता हो”,शाहिनले भने।

विदेशस्थित नेपालका ४० वटा नियोगलाई ४ अर्ब ६५ करोडभन्दा बढी दिइने

काठमाडौं। विदेशस्थित नेपालका ४० वटा कूटनीतिक नियोगलाई सरकारले आउँदो आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ६५ करोड ६० लाख रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ। विदेशमा नेपालमा ३० वटा दूतावास, ३ वटा स्थायी नियोग र ७ वटा महावाणिज्य दूतावास रहेका छन्। चालु आर्थिक वर्षमा नियोगहरुको खर्च ४ अर्ब ४४ करोड ८० लाख हुने अनुमान गरिएको छ।

विदेशी नागरिकलाई लक्षित गरेर होटल आइसोलेसन सञ्चालनमा

यो आइसोलेसन नेपालस्थित विभिन्न देशका दूतावास, कूटनीतिक नियोग, विभिन्न संघसंस्था आदिलाई लक्षित गरेर सञ्चालन गरेको उनले बताए

विदेशस्थित ४० वटा नेपाली नियोगहरुको नौ महिनाको खर्च ३ अर्बभन्दा बढी

काठमाडौं। विदेशस्थित नेपाली ४० वटा कूटनीतिक नियोगहरुले पछिल्लो नौ महिनामा ३ अर्ब १६ करोड १ लाख ९२ हजार रुपैयाँ खर्च गरेको पाइएको छ। परराष्ट्र मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती नियोगहरुले उक्त खर्च गरेका हुन्। हाल नेपालको ३० स्थानमा दूतावास, ३ स्थानमा स्थायी नियोग र ७ स्थानमा महावाणिज्य दूतावास रहेको छ।

नेपाली नियोग र दूतावास नेतृत्वविहीन बन्दै

विभिन्न मुलुकमा रहेका नेपाली दूतावास नेतृत्वविहीन हुँदै गएका छन्। केही दूतावाससँगै संयुक्त राष्ट्रसङ्घीय नियोग पनि छिट्टै नेतृत्वविहीन हुँदै छ। कतिपय दूतावासबाट चारवर्षे कार्यकाल सकेर राजदूत तथा नियोग प्रमुख स्वदेश फर्कने तयारीमा हुनुहुन्छ। परराष्ट्र मन्त्रालयका सूचना अधिकारी पारस पण्डितले सात वटा नियोग तथा केही दूतावासका नेतृत्व पद खाली भइसकेको र केहीको खाली हुने क्रममा रहेको बताउँदै भन्नुभयो, “चार जना फर्किसक्नुभएको छ। अन्य फर्कने क्रममा हुनुहुन्छ।”