बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये ५२ अर्ब यसै साता बजारमा पठाउन लागिएको जानकारी दिए । ‘पुनकर्जा स्वीकृत गरेको रकममध्ये ५२ अर्ब यही साता र बाँकी ४० अर्ब पुस महिनाभित्र बैंक तथा वित्तीय स