गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा बागमती प्रदेशसभाका लागि भएको चुनावमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ । निर्वाचन आयोगको प्रदेशसभा तर्फको अन्तिम मतपरिणामको प्रतिवेदन अनुसार निर्वाचनमा प्रत्यक्ष तर्फ ३५ र समानुपातिक तर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएकामा ३३ दलको धरौटी जफत भएको हो । प्रदेशसभाको निर्वाचनमा प्रत्यक्ष तर्फ पुरुष ५८८ र महिला ८० गरी कूल ६६८ जना र समानुपातिक तर्फ कूल ७५४ जना उम्मेदवारको बन्द सूची कायम भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । जसमा १० प्रतिशतभन्दा कम मत प्राप्त