काठमाण्डाै - हुम्लामा चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी गर्भवतीको हवाई उद्धार हुन नसक्दा ज्यान गएको छ ।
अत्यधिक रक्तश्रावका कारण सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको ज्यान गएको जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहाेराले बताउनुभयो । खराब मौसमका कारण कालीकोटबाट हेलिकप्टर हुम्ला पुग्न नसकेपछि उहाँको उद्धार हुन सकेन ।
उद्धारका लागि हिजो सुर्खेतबाट उडेको हेलिकप्टर खराब मौसमका कारण कालीकोटमा रहेको नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका &nb...