इन्धनमा स्वचालित मूल्य प्रणाली कार्यान्वयन

नेपाल आयल निगमले व्यावसायिक योजना अनुसार पूर्ण रुपमा स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट १५–१५ दिनमा आउने मूल्य सूची अनुसार मूल्य समायोजन गर्न लागेको हो ।

सम्बन्धित सामग्री

इन्धनमा स्वचालित मूल्य लागु गरिँदै

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । प्रभावकारी रूपमा कार्यान्वयनमा आउन नसकेको स्वचालित मूल्य पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन सकेको थिएन । निगमले २०७१ सालदेखि इन्धनमा स्वचालित मूल्य प्रणाली लागु गरे पनि कार्यान्वयनमा आएको स्वचालित मूल्य कार्यान्वयनमा आउन सकेको थिए ।