भारत–चीन युद्ध सकिएको आउँदो मंसिर ५ मा ६० वर्ष पूरा हुँदै छ । त्यो ३१ दिने युद्धको असर भारत र चीनमा मात्रै सीमित रहेन, पूरै एसियामा पर्यो । नेपाल त्यसबाट अछुतो रहेन । युद्ध र त्यसले सिर्जना गरेको परिस्थिति ६ दशकदेखि नेपालको राजनीतिमा एउटा निर्णायक विषय बन्दै आएको छ ।