मन्त्री क्वार्टर भित्रिँदा तामझाम, बाहिरिने बेला लुसुक्क

पोखरा – मंगलबार अपराह्न गण्डकीका अर्थमन्त्री रामजी बराल ‘जीवन’ मन्त्री क्वार्टर छाड्ने तयारीमा थिए। उनका सहयोगी र परिवारका सदस्यले डेरा सर्नलाई झोला कस्न थाले। जहाँ उनी भित्रने बेला कार्यकर्ता र आफन्तको तामझाम थियो, उनी बाहिरिने बेला भने बिल्कुल सुनसान। पोखराको राष्ट्रबैंक चोकमा रहेको मन्त्री क्वार्टरबाट डेरा सर्ने तयारीमा रहेका बराल केहीबेर मज्जैले गफिए। क्वार्टर परिसरमा […]