उपराष्ट्रपति नन्दबहादुर पुनले जलवायु परिवर्तन र कोरोना महामारीका कारण विश्वमा महिलामाथि विभिन्न प्रकारका हिंसा बढेको बताएका छन् । राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला गैरसरकारी संस्था महासंघ (डब्लुएनएफ) र ‘एभ्री बुमन’ नामक संस्थाद्वारा संयुक्तरुपमा मंगलबार यहाँ आयोजित ‘दक्षिण एसियाली महिला सम्मेलन’ को उद्घाटन गर्दै उनले महामारीको समयमा अधिकांश महिला आफन्तबाटै घरेलु हिसाको सिकार हुनुपरेको बताएका हुन् ।