संघीय सरकारविरुद्ध मधेस सरकारले चरणबद्ध आन्दोलन गर्ने

जनकपुरधाम – मधेस प्रदेश सरकारले संघीय सरकारले प्रहरी समायोजना गर्न आलटाल गर्दै आइरहेको भन्दै चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ। बुधबार प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँडसहित गठबन्धनका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाए पनि प्रहरी समायोजनमा संघीय सरकार गम्भीर नबनेको आरोप लगाए। ‘प्रहरीबीना शान्ति […]