काठमाडौं : दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन खोलिदिँदा एक नेपाली युवाको मृत्युबारे गृहमन्त्री बालकृष्ण खाँणले सरकारी टोलीले अध्ययन गरिरहेको बताएका छन्। मन्त्री खाँणको जवाफ पर्याप्त नभएको भन्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदले भने भारतसँग औपचारिक रुपमा नै बिरोध जनाउन माग गरेका छन्।प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्री खाँणले भने, 'मालघाटबाट दार्चुला सदरमुकाम जान झण्डै दिनभरी हिँड्नुपर्छ। तर, तुइन चढेपछि भारतको धार्चुला हुँदै डेढ घण्टमा पुग्न सक