स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षालाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले हात–हतियार बुझाउन सार्वजानिक सुचना जारी गरेलगत्तै नागरिकहरुले १७ थान विभिन्न प्रकारका बन्दुक र पाँच सय थानभन्दा बढी गोलीहरू बुझाएका छन् ।पाल्पाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र थापाले दिएको जानकारी अनुसार बोर नाले बन्दुक, नाले टोटा बन्दुक र बारे राइफल गरी ५ सय ४२ वटा गोली समेत बुझाइएको हो । ति हतियारहरू इजाजत प्राप्त भए पनि शान्ति सुरक्षालाई ध्यानमा राखी बुझाइएको जनाइएको छ ।