३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने ओलीको घोषणा

नेकपा एमाले अध्यक्ष केपी ओलीले आउने विधान महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य हुने विधान ल्याउने घोषणा गरेका छन् । उनले  जनताको बहुदलीय जनवादको मार्गदर्शनमा त्यसलाई विकसित गर्दै समाजवादोन्मुख प्रणालीमा मुलुकलाई लान पार्टीले अगुवाइ गर्ने पनि जनाएका छन् ।सम्पादकहरुले मंगलबार आयोजितको अन्तर्क्रियामा तत्कालीन नेकपा र एमालेको विभाजन रोक्न  तथा अघिल्लो नेतृत्वको सरकार टिकाएर पाँच वर्ष सञ्चालन गर्न नसक्नुमा अध्यक्ष ओलीको काम गर्ने शैली वा व्यवहार जिम्मेवार हो होइ