काठमाण्डाै – निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिको प्रतिनिधित्व हुनेगरी निर्वाचन आयोगमा संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी) स्थापना भएको छ । पालिका चुनावलाई व्यवस्थित र प्रभावकारी बनाउन आयोगका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलको संयोजकत्वमा केन्द्र स्थापना गरिएको हो ।
केन्द्रमा गृह मन्त्रालय, रक्षा मन्त्रालय र सुरक्षा निकायका अधिकृतको प्रतिनिधित्व रहेको छ । निर्वाचन आचारसंहिता तथा अन्य गतिविधिको अनुगमन तथा मूल्याङ्कन गर्न केन्द्रमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा अनुसन्धान प्रहरीका प्रतिनिधिक...