वेल्ससँग बराबरीमा रोकियो स्वीटजरल्याण्ड

युरो कप अन्तरगत समूह ए को समूह चरणको खेलमा वेल्स र स्वीटजरल्याण्डबीचको खेल बराबरीमा सकिएको छ । खेलको ७४ औँ मिनेटमा केइफर मुरले बराबरी गोल गर्दै वेल्सका लागि एक अंक बटुल्न सफल भएका हुन् ।बाकुमा खेलिएको खेलमा स्वीटजरल्याण्डले नियन्त्रण बनाए पनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको शुरुवातमा नै ब्रिल एम्बोलोले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए । यद्यपि, मुरले बराबरी गोल फर्काउँदै वेल्सलाई खेलमा फर्काए । खेलको अन्त्यतिर सब्सिटीच्युट ग्राभानोविचले स्वीस टोलीका लागि