यी महिला, जो ४० वर्षदेखि निदाएकी छैनन्

हामी कतिबेरसम्म नसुतिकन बस्न सक्छौं ? अधिकतम २४ घण्टा ? यो पनि धेरैले सक्दैनन् । तर एक महिलाले आफू विगत ४० वर्षदेखि नसुतेको दाबी गरेकी छन् । चीनकी यी महिलाको यो दाबी चिनियाँ मिडियाले प्रकाशित गरेका छन् ।चीनको हेनान प्रान्तकी ली झानयिङ्गले आफू ४० वर्षदेखि नसुतेको दाबी गरेकी हुन् । उनको यो दाबीलाई उनका श्रीमान् र छिमेकीले पुष्टि गरेका छन् । आफू ५ वा ६ वर्षको हुँदा अन्तिम पटक निदाएको उनलाई स्मरण छ । अहिले उनी ४५–४६ वर्ष पुगिसकेकी छिन् तर निद्रा लीका लागि पुरानो स्मृति बनेको छ । ली आफ्नो समुदा