ग्रामीण सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्ति कठिन

म्याग्दी : चाड पर्वको समय छ। खेतबारीमा लगाएको धान र कोदो बल्ल पसाउँदै छ।चाडपर्वमा खाद्यान्नलगायत आवश्यक सामग्रीको जोहो गर्न ग्रामीण भेगका बासिन्दा लागेका छन् तर असार दोस्रो सातादेखि बन्द भएका म्याग्दीका ग्रामीण सडक अहिलेसम्म सञ्चालनमा आएका छैनन्।बाढी, पहिरो र कटानले अवरुद्ध बनेका सडक सञ्चालनमा नआउँदा सामान ढुवानी गर्न समस्या भएको छ। सडक अवरुद्ध हुँदा खाद्यान्न आपूर्तिमा समस्या परेको छ।पश्चिम म्याग्दीको मालिका, मंगला र बेनी नगरपालिकाभित्रैका दर्जनौँ गाउँबस्तीसम्म पुग्ने स