अभिभावक गुमाएकालाई तीन हजार भत्तादेखि छोरी–बुहारी छात्रवृत्ति, छोटा सुरुङमार्ग, मेट्रो रेलसम्म

काठमाडौं । वाग्मती प्रदेश सरकारले कोभिड–१९ का कारण अभिभावक गुमाएकालाई भत्ता दिनेदेखि किसान परिचयपत्र वितरणसहित छोरी–बुहारी छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेको छ । बिहीबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभामा प्रस्तुत गरेको प्रदेशको नीति तथा कार्यक्रममा यी कार्यक्रम समेटिएको हो । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा कोभिड खोप कोष स्थापना...