काम सिक्ने हुटहुटीले जन्माएको उद्यम यात्रा

वीरगञ्ज । झाडुकुचो गरेरै भए पनि काम सिक्ने अठोटका साथ २५ वर्षअघि एउटा उद्योगमा कामदारका रूपमा प्रवेश गरेको किशोर आज उद्यमीका रूपमा स्थापित भएका छन् । विसं २०५३ सालमा वीरगञ्जको गोपाल डेरीमा कामदारका रूपमा प्रवेश गरेका रवीन्द्रकुमार सिंहले अहिले आफ्नै डेरी उद्योग चलाइरहेका छन् । सहोदर दाइको साझेदारी रहेको गोपाल डेरीमा १८ वर्षको उमेरमा कामदारका रूपमा पसेका वीरगञ्जका रवीन्द्र त्यहाँ डेरी उत्पादनको काम सिक्न तल्लीन भए । १ दशकसम्म उत्पादनको अनुभव लिएका उनले सोही उद्योगको काठमाडौं र भक्तपुर शाखा स्थापनामा पनि काम गरे । त्यसपछिका ६ वर्ष वीरगञ्जकै वृन्दावन डेरीमा बिताए । उत्पादनमा काम गर्दा उनले आफ्नो क्षमतामा थप निखारमात्र ल्याएनन्, काठमाडौं, पोखरा, विराटनगर र भारतका विभिन्न शहरमा डेरी उद्योगमा परामर्शदाताको काम गर्ने स्तरमा आफूलाई पुर्‍याए । करीब १ दशक कलश डेरीमा उत्पादन र व्यवस्थापनको जिम्मेवारी सम्हालेका सिंह त्यसको ८ वर्षपछि विराटनगरको शिवम् डेरीमा काम गर्न पुगे । तर, त्यहाँ धेरै समय काम गर्न पाएनन् । स्वास्थ्य समस्याका कारण ३ महीनासम्म काममा जान नसकेपछि काम छोडेका सिंहका लागि त्यो समस्या नै ‘टर्निङ प्वाइन्ट’ बन्न पुग्यो । यति बेलासम्म आफ्नो दक्षतालाई जागीरमा सीमित गरेका सिंहमा आफ्नै उद्यम चलाउने सोच आयो । ‘त्यति बेलाको स्वास्थ समस्या नै मेरा लागि उद्यममा लाग्ने टर्निङ प्वाइन्ट बन्न पुग्यो,’ उनी स्मरण गर्छन् । सिंहले नातेदार अभिषेक कुशवाहलाई साथ लिएर २०७६ सालमा गढीमाई डेरीको स्थापना गरे । गढीमाईले ‘बी नेचुरल’ ब्रान्डमा आफ्ना उत्पादन उपभोक्तामाझ ल्याएको छ । ‘उपभोक्तालाई उत्पादनको ‘नेचुरल’ स्वाद दिने हाम्रो लक्ष्य छ । आइसक्रिमदेखि अन्य अन्य उत्पादनको ‘नेचुरल’ स्वाद दिएर उपभोक्ताको सन्तुष्टिलाई नै उपलब्धि मानेका छौं,’ सिंहको भनाइ छ । गढीमाई डेरीले अहिले वीरगञ्ज (पर्सा), बारा, रौतहट, धनुषा, सिन्धुलीलगायत स्थानमा आफ्ना उत्पादन पुर्‍याइसकेको छ । ती जिल्लाका ४० भन्दा बढी स्थानमा विक्री कक्ष स्थापना गरिसकेको डेरीले ५० भन्दा बढी स्वादमा आइसक्रिम, फ्लेवर मिल्क, दही, लस्सीलगायत उत्पादन बजारमा पुर्‍याएको सिंहले जानकारी दिए । मौसमअनुसारका फलफूलको स्वादका आइसक्रिम र आइसक्रिमकै पकौडाको उत्पादन गर्ने यो डेरीले उपभोक्ताको रुचिलाई ध्यानमा राखेर आफ्ना उत्पादनलाई परिष्कृत गर्दै लैजाने व्यावसायिक रणनीति बनाएको छ । आफ्नो ब्रान्ड देशका सबै मुख्य शहरमा पुर्‍याउने योजना डेरीको छ । हेटौंडा, नारायणगढ, पोखरा, काठमाडौंलगायत शहरमा उत्पादन पुर्‍याउने प्रयास भइरहेको र निकट भविष्यमै यो योजना पूरा हुने विश्वास सिंहको छ ।

सम्बन्धित सामग्री

वैदेशिक रोजगारीपछि नेपालमै उद्यम

नेपालमा पैसा कमाउन सकिँदैन र विदेश छिर्न सके अथाह पैसा कमाउन सकिन्छ भन्ने सोच कतिपय युवाको छ तर यो सोचका विपरीत पछिल्ला वर्ष विदेशबाट फर्केपछि नेपालमै उद्यम गर्नेको संख्या बढ्दो छ।...

नीति तथा कार्यक्रमबाट लघु उद्यम विकास कार्यक्रम नहटाउन माग (भिडिओसहित)

काठमाडौं, ९ जेठ । राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघ नेपालले सरकारको नीति तथा कार्यक्रमबाट लघु उद्यम विकास कार्यक्रम नहटाउन माग गर्दै सरकारको ध्यानाकार्षण गराएको छ । महासंघले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अहिलेको बेरोजगारीको समस्या व्याप्त भइरहेको आवस्थामा लघु उद्यम विकास कार्यक्रम एकदमै प्रभावकारी भइरहेको भन्दै यसलाई नहटाउन ध्यानाकार्षण गराएको हो । […]

सरकारले नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने

सरकारले नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको सयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  नवप्रवर्तनको क्षेत्रमा काम गर्न चाहने युवाको दक्षता तथा सीपको उपयोगी गरी उद्यम व्यवसाय प्रवर्द्धन गर्न विशेष कार्यक्रमहरू सञ्चालन गरिने उनले बताए ।...

कर्जा पाउन २१३ स्टार्टअप उद्यम अयोग्य

स्टार्ट–अप उद्यम कर्जाका लागि प्रस्ताव पेस गर्ने दुई सय १३ कम्पनी बाहिरिएका छन्। उद्यम कर्जाका लागि परियोजना प्रस्ताव पेस गरेका तीन सय ८२ वटा आवेदनमध्ये पहिलो चरणबाट उक्त कम्पनी बाहिरिएका...

स्टार्टअप उद्यम कर्जाबारे उद्यमीलाई निजी क्षेत्रका छाता संगठनले सहजीकरण गर्ने

५ वैशाख, काठमाडौं । स्टार्टअप उद्यम कर्जाबारे जानकारी लिन निजी क्षेत्रका छाता संगठनहरुले सहयोग गर्ने भएका छन् । उद्योग विभागले यसबारे जानकारी गराएको हो । विभागले स्टार्टअप उद्यम कर्जाका लागि अहिले परियोजनाहरुको प्रस्ताव आह्वान गरिरहेको छ । सो प्रयोजनका लागि कार्यविधि समेत स्वीकृत भएको छ । उद्योग विभागका अनुसार स्टार्टअप उद्यम कर्जाका सम्बन्धमा जानकारी लिन […]

विदेशबाट फर्केर नेपालमै उद्यम गर्ने ८ उद्यमी सम्मानित

काठमाडौँ- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारबाट फर्किएर नेपालमा नै उद्यम गर्ने ८ जना उद्यमीहरुलाई सम्मान गरेको छ । शुक्रबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरेर वैदेशिक रोजगारीबाट फर्की नेपालमा उद्यम गरेका ८ जना उद्यमीहरुलाई उद्यमी राष्ट्र पुरस्कार र उत्कृष्ट उद्यमी राष्ट्र पुरस्कारले सम्मान गरेको हो । मन्त्रालयले ७ जना उद्यमीलाई ७५ हजार बराबरको […]

त्रियुगाका दलित 'सदा' समुदायमा उद्यम व्यवसाय मोह

त्रियुगा नगरपालिकाका दलित तथा पिछडिएको समुदाय मुसहर (सदा) ले परम्परागत पेशा बद्लेर उद्यम व्यवसाय गर्ने रुची देखाएको छ।...

उद्यम गर्न सामुदायिक वनलाई ऋण लिनै मुश्किल

सामुदायिक वनमा वनजन्य उद्यम संचालन गर्न लगानीको अभाव भएको भन्दै सामुदायिक वनलाई उद्यम संचालनका लागि ऋण प्राप्त गर्न मुश्किल भएको सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन)ले बताएको छ ।सामुदायिक वनको जग्गा उपभोक्ता समूहको स्वामित्वमा नभएपछि धितो राख्न नसक्दा समुदायिक वनलाई कुनै पनि बैंकबाट ऋण प्राप्त गर्न चुनौती देखिएको हो । फेकोफनले सामुदायिक वनमा वनजन्य उद्यम संचालन […]

चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना

खोटाङ । मध्य पहाडी राजमार्गले छोएको यहाँका चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी थालिएको छ । प्रदेश नं १ सरकारको आर्थिक करिडोरअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको हो । आयोजनाअन्तर्गत अनाज बीउ, […]

वैदेशिक रोजगारबाट फर्किएर देशमै उद्यम गर्ने ९ युवा सम्मानित

वैदेशिक रोजगारीबाट फर्किएर देशमै उद्यम गरिरहेका नौ जना युवाहरूलाई सरकारले सम्मान गरेको छ।