सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वच्छ, सत्य र तथ्यपूर्ण आलोचनाले प्रजातन्त्रलाई बलियो बनाउने भएकाले त्यसमा आधारित व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभएको छ । राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय, भद्रकालीस्थित स्टुडियोबाट श्रव्यदृश्य (भिडियो) सेवा शुभारम्भ गर्दै मन्त्री कार्कीले त्यसप्रकारको पत्रकारिताले सुशासन र दिगो विकासको लक्ष्यलाई सघाउने उल्लेख गर्नुभयो । मन्त्री कार्कीले सङ्घीयताको […]