नेपालमा पहिलोपटक वंशाणु अनुसन्धान, दश दिनमा निष्कर्ष आउने

नेपालमा पहिलोपटक मानिसको वंशाणुको अध्ययन सुरु भएको छ । कोरोना भाइरसको महामारी जारी रहेका बेला सङ्क्रमित व्यक्तिको वंशाणुको अनुसन्धान सुरु गरिएको हो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले थालेको अध्ययनको नेपालभित्रको काम पूरा भएको छ । अहिले विदेशी प्रयोगशालामा नेपाली ‘जिन’ अर्थात् वंशाणुको थप अध्ययन र विश्लेषण भइरहेको छ । कोरोना सङ्क्रमणमा परेका जीवित तथा मृत्यु भएकासमेत गरेर १५ जनालाई वंशाणु अध्ययनमा सहभागी गराइएको परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।