११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन चितवनमा सम्पन्न

नेपाल फिजियोथेरापी संघको आयोजनामा ११औं अन्तर्राष्ट्रिय फिजियोथेरापी सम्मेलन शनिबार चितवनमा  सम्पन्न भएकोछ। करिब ४०० जानाको उपस्थिति रहेको उक्त सम्मेलनमा फिजियोथेरापी अध्ययनरत् विधार्थी, फिजियोथेरापिष्ट, पुनर्स्थापना सम्बन्धित पेशाकर्मी, सरोकारवाला लगाएतको सहभागिता रहेको थियो।

सम्बन्धित सामग्री

नेपाल फिजियोथेरापी संघको दशौँ अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

उक्त कार्यक्रममा देश तथा विदेशका वरिष्ठ डाक्टर, फिजियोथेरापीष्ट, आदि वक्ताहरुले स्वास्थ्य तर्फका विभिन्न उपचारका विधिबारे आफ्नो प्रस्तुतिकरण प्रस्तुत गरेका थिए।