एक सोधका अधारमा किशोरावस्थामा अत्यधिक मोटो हुँदा या दुब्लो हुँदा औसत आयु उत्ति नै कम हुन्छ, जति एक दिनमा दश चुरोट पिउँदा हुन्छ ।
स्वीडेनका सोधकर्ताले १८ वर्षदेखि ३८ वर्षसका पुरुषमा गरेको एक सोधका अनुसार यस्तो नतिजा आएको हो । ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित रिपोर्टका अनुसार मोटो हुनु या दिनको दश खिल्ली चुरोट पिउनु भनेको आफ्नो आयु घटाउनु हो ।
रिपोर्टका अनुसार धेरै वजन हुनु, कम तौल हुनु या दश खिल्ली चुरोट एकै दिनमा खानुले तीस प्रतिशत आयु घटाउँछ । अर्को कुरा धुम्रपान नगर्ने मोटो व्यक्तिका लागि पनि उत्तिकै खतरा छ, जत...