कर्णालीमा उत्पादन र अर्गानिक एकै ठाउँमा

कर्णालीमा उत्पादन गरिएको कृषिजन्य बस्तु र उद्यमीले तयार पारेका सामाग्रीहरु अब एकै ठाउँबाट बिक्री हुने भएको छ।...

सम्बन्धित सामग्री

अर्गानिक कृषिका लागि सहयोग जुटाउन ‘कर्णाली बृहत संवाद’

कर्णाली प्रदेशलाई अर्गानिक प्रदेशका रुपमा विकास गर्न पहल थालेको प्रदेश सरकारले अर्गानिक कृषिमा दातृ निकायको सहयोग जुटाउन बृहत कर्णाली संवाद हुने भएको छ ।कर्णाली प्रदेश सरकारले आइतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा संवादको आयोजना गर्ने भएको छ । अर्गानिक कृषि उत्पादन तथा उपभोग, यसका लागि आवश्यक लगानीको आधारलगायतका विषयमा छलफलका लागि संवादको आयोजना गरिएको भूमि व्यवस्था, कृषि […]

जुम्लाको अर्गानिक तरकारी संकलन गरिँदै

जुम्लामा उत्पादन हुने अर्गानिक तरकारी निर्यातको लागि संकलन गर्न थालिएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषिजन्य बस्तु संकलन गरिएको हो । पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, खुर्सानी, काउली र गोलभेँडा  उत्पादन हुने गरेको छ। कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्विन्टल कालिकोट र ३ क्विन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ । यस्तै १०५ क्विन्

अर्गानिक अचारको व्यावसायिक उत्पादन

स्याङ्जाको वालिङमा अर्गानिक अचारको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरू गरिएको छ । ‘आमाको हात घर–घरको स्वाद’ भन्ने नाराका साथ वालिङमा अर्गानिक अचार घर सञ्चालनमा आएसँगै आचारको व्यावसायिक उत्पादन र बिक्री वितरण सुरू भएको हो ।वालिङ नगरपालिकाको अगुवाईमा युएनिडपी नेपाल र स्थानीय दियालो संस्थाको साझेदारी तथा वालिङ अदुवा तथा कृषि उपज प्रशोधन उद्योगको सहकार्यमा वालिङ […]

अर्गानिक उत्पादन कसरी चिन्‍ने ?

अहिले काठमाडौँ लगायत नेपालका मुख्य बजारमा जताततै प्राङ्गारिक (अर्गानिक) उत्पादनका विज्ञापन गरिएका पसल फैलिएका–फैलियै छन्। यी विज्ञापन तथा आकर्षक प्रचारप्रसार भित्र कति सत्यता लुकेको छ, खास कुरा के हो? के साच्चै तिनले प्राङ्गारिक (अर्गानिक) उत्पादन बेचिरहेका छन् ? अहिले प्राङ्गारिक (अर्गानिक) व्यापार जुन हिसाबले अगाडि बढिर…

स्थानीय अर्गानिक उत्पादन पाउने चिनार घर सञ्चालनमा

सिमकोट – हुम्लामा उत्पादन हुने स्थानीय अर्गानिक अन्न, फलफूल, महलगायत सामग्री पाउने चिनार घर सञ्चालनमा आएको छ। स्थानीय उत्पादनमा व्यापार प्रवद्र्धन गर्न र सबै सामान एउटै थलोमा राखिँदा सेवाग्राहीलाई सहजता प्रदान गर्न चिनार घर सञ्चालनमा आएको हो। उक्त घरमा सञ्चालक विनोद लामाले सिमकोट विमानस्थल गेटमा सबै प्रकारका स्थानीय उत्पादन पाउने चिनार घर सञ्चालनमा आएको जानकारी […]

तेह्रथुममा उत्पादित अर्गानिक चियाको माग बढ्दै

तेह्रथुममा उत्पादन गरिएको अर्गानिक चियाको माग बढ्दै गएको छ । गुणस्तरीय तथा अर्गानिक रुपमा जिल्लाको ग्रामीण क्षेत्रमा उत्पादित चिया नेपालको विभिन्न बजारमा बिक्री हुन थालेको छ ।व्यावसायिक रुपमा चिया खेती गर्दै आएका कृषकबाट उत्पादन भएको चियाको माग बढ्दै गएको सिंहदेवी अर्गानिक चिया प्रशोधन केन्द्र सोल्माका सञ्चालनक वीरबहादुर बस्नेतले बताए ।यहाँ उत्पादन भएको ग्रीन ‘टी’, ह्वाइट […]

अर्गानिक खेतीलाई प्रवर्द्धन गर्न गड्यौले मल उत्पादन तालिम

स्याङ्जा – अर्गानिक खेतीलाई प्रवर्द्धन गर्न वालिङमा गड्यौले मल उत्पादन सम्बन्धी तालिम दिन शुरु गरिएको छ । कम्पोष्ट मल उत्पादन गरी अगार्निक तरकारी खेतीको विस्तार गर्ने योजना अनुसार तालिम सञ्चालन गरिएको हो ।  वालिङमा सञ्चालन भइरहेको हरियाली पुनःउत्थान परियोजना अन्तर्गत नगरपालिकाका वडा नम्बर १,२,३ र ४ मा तालिम सञ्चालन गरिएको परियोजना प्रमुख विशाल बगालेले जानकारी दिनुभयो । नगरका १४ वटै वडामा तालिम सञ्चालन गरिने बगालेले बताउनु भयो ।  वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीको साझेदार...

पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन सुरू

पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन सुरु भएको छ । जिल्लामा पहिलो पटक सुरु गरिएको व्यावसायीक चिया खेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो । संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो । यस वर्ष साउन महिना लागेपछि मात्रै टिपेकाले झण्डै १० […]

पर्वतको फलामखानीमा अर्गानिक चिया उत्पादन शुरु

साउन ३०, पर्वत । पर्वत जिल्लाको महाशिला गाउँपालिका–६ फलामखानीमा चिया उत्पादन शुरु भएको छ । धौलागिरि अञ्चलमा नै पहिलोपटक शुरु गरिएको व्यावसायिक चियाखेतीबाट तयारी चिया उत्पादन गर्न थालिएको हो ।  संरक्षणको अभावमा झण्डै एक दशकअघि लगाइएको चियाखेती अलपत्र परेको बेला महाशिला गाउँपालिकाले चियाखेती संरक्षण तथा विस्तार गर्न थालेको हो ।  यसवर्ष साउन महीना लागेपछि मात्रै टिपेकाले झण्डै १० किलोग्राम अर्गानिक चिया उत्पादन गर्न सकिएको फलामखानीका वडाध्यक्ष रामबहादुर सुनारले जानकारी दिए । इलाममा चियाको क्षेत्रमा कार्यरत नरेन्द्र सुवेदीको पहलमा यस वर्षदेखि प्रशोधन गर्न थालिएको हो । ‘वैशाखबाटै टिप्न शुरु गरेको भए ५० किलोग्रामभन्दा बढी उत्पादन हुने रहेछ’, वडाध्यक्ष सुनारले भने, ‘ढिलो गरी टिपेका कारण पाँच÷सात किलोभन्दा उत्पादन गर्न सकेनौँ ।’  विसं २०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा शुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो ।  उचित संरक्षण र रेखदेखको अभाबमा चियाखेती फस्टाउन सकेको थिएन । दुई वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थालेपछि यस वर्षदेखि उत्पादन दिन शुरु गरेको सुनारले बताए ।  साविक फलामखानी गाविसको वडा नं ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको थियो । इलामको जस्तै हावापानी भएकाले यहाँ चिया खेतीको सम्भावना रहेको छ । इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना शुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो । ‘दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती शुरु गरिएको हो’, महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले भने, ‘स्थानीयवासीको बेवास्ताका कारण सोचेअनुसार फाइदा लिन सकिएको थिएन अब गाउँपालिकाले यसको संरक्षण र विस्तार गर्छ ।’ एक हजार ८०० मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका विरुवा रोपिएको थियो ।  नगदेबालीको रुपमा चिया खेतीलाई प्रवर्द्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको शुरुआत गरेको थियो । साविक गाविसको ४ र ५ वडामा लगाएका विरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जीवितै रहेका थिए ।  फलामखानीका वडाध्यक्ष सुनारले अहिले पुराना बोट पनि राम्रो हुँदै गएको र उत्पादित चिया एकदमै स्वादिलो पाइएको बताए । अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेका छन् । यस वर्ष थप १२ हजार बिरुवा रोप्न थालिएको छ ।  यस वर्ष स्थानीयवासीलाई चिया उत्पादन तथा प्रशोधनसम्बन्धी तीनदिने तालिमसमेत प्रदान गरिएको छ । अब समूह बनाएर यसको विस्तारमा लाग्ने बताइएको छ । महाशिला गाउँपालिकाले विगत तीन वर्षदेखि बर्सेनि यसको विकासका लागि रकम विनियोजन गर्दै आएको छ ।  यस वर्ष पनि रु तीन लाख विनियोजन भएको अध्यक्ष पौडेलले जानकारी दिए । उनका अनुसार गाउँ कार्यपालिकाको बैठकले नै चियाखेतीको लागि आवश्यक यन्त्र उपकरण खरीद गर्ने, उत्पादित चिया प्रयोगशालामा परीक्षणका लागि पठाउने निर्णयसमेत गरेको छ ।  पहिलोपटक उत्पादन गरिएको अर्गानिक चिया निकै गुणस्तरको पाएको र अब परीक्षण र थप क्षेत्रमा व्यावसायिक विकासको लागि गाउँपालिकाले योजना निर्माण गरी कार्य अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता जीवन उच्चै ठकुरीले बताए । फलामखानीमा चियाको व्यावसायिक विकास गर्दै लैजाने गाउँपालिकाको नीति तथा कार्यक्रमसमेत रहेको उनको भनाइ रहेको छ । रासस

युवाहरूको संयुक्त प्रयासको प्रतिफल : मेलापात अर्गानिक एग्रो फार्म

भक्तपुर । आफ्नै समाजमा व्यावसायिक कृषि सम्बन्धी केही उदाहरणीय कार्य गरौँ भन्ने अठोटसहित विक्रम सम्वत २०७५ सालमा विभिन्न पेसा र क्षेत्रमा कार्यरत नौ जना युवाहरूद्वारा सूर्य विनायक नगरपालिका -१, भक्तपुरमा स्थापित मेलापात अर्गानिक एग्रोफार्मले कृषि उत्पादन र उत्पादकत्वलाई जोड दिँदै आएको छ । मेलापात अर्गानिक एग्रोफार्मले आधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरी कृषि पेसालाई व्यवसायीकरणतर्फ […]