सेनाद्वारा १५० थान कम्वल बितरण

 बाराको जीतपुर–सिमरा–१८ र १९ बडरहवाका बिपन्न मुसहर, पासवान तथा माझी समुदायलाई कम्बल बितरण गरेको छ ।  सेनाले सम्भावित शितलहरबाट जोगाउन १५० थान कम्वल वितरण गरेको हो । नागरिक र सेनाबीचको सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले चन्दननाथ गणको सहकार्यमा श्री नम्बर २८ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी जोन्सन खड्काले कम्वल हस्तान्तरण गरेका थिए । उक्त राहत बितरण कार्यक्रममा स्थानिय निकायका प्रतिनिधिहरु, समाजसेवी, पत्रकारहरु र शिक्षकहरुको उपस्थिति रहेको सेनाले जनाएको छ।