गृह मन्त्रालयले कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएसँगै मुलुकमा विषम परिस्थिति सिर्जना भएकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र यात्रा नगर्न सरकारले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सरकारको यही १३ गतेको निर्णयअनुसार काठमाडौँ उपत्यका तथा तराईका जिल्लामा पाँच सयभन्दा बढी र पहाडी जिल्लामा दुई सयभन्दा बढी सङ्क्रमित भेटिएमा प्रमुख जिल्ला अधिकारीलाई वैशाख १६ गतेपछि जुनसुकै बेला १५ दिनसम्म निषेधाज्ञा जारी गर्नसक्ने व्यवस्था गरेको छ ।