नेपाल टेलिकमको चरम लापरबाही: रोल्पामा फोन र इन्टरनेट ५ दिनदेखि अवरुद्ध

निर्वाचनको मनोनयनका दिन इन्टरनेट नचल्दा मुख्य निर्वाचन अधिकृत, पत्रकार र सुरक्षाका निकायलाई रिपोटिङ्गका लागि सकस समेत भएको थियो।...

सम्बन्धित सामग्री

डोल्पामा टेलिफोनमा पनि ‘लोडसेडिङ’ ! घाम लागे चल्छ नत्र चल्दैन

जाजरकोट । डोल्पामा नेपाल टेलिकमको भरपर्दो सेवा नहुँदा जनताले अहिले पनि सास्ती खेप्नु परेको छ । डोल्पामा राखिएका टेलिकमका टावरले घाम छउन्जेलमात्र सेवा दिन थालेपछि डोल्पाली जनताले फोनका लागि सास्ती खेप्नु परेको हो । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–२ रसी लेकमा राखिएको माइक्रो वेब टावरले राम्रोसँग काम नगर्दा यहाका जनताले फोन र इन्टरनेट सुविधा ढुक्कले उपभोग गर्न पाएका छैनन् । मङ्सिर महिना शुरू भएसँगै त्रिपुरासुन्दरी र ठूलीभेरी नगरपालिकाका विभिन्न स्थानमा फोन तथा इन्टरनेटका लागि राखिएका टावरहरु अवरुद्ध हुन थालेका हुन् ।            हिमाली क्षेत्रमा चिसो बडेसँगै टावर पनि आउनेजाने हुन थालेको त्रिपुराकोट निवासी दुर्गाप्रसाद देवकोटाले बताए । एक महिनायतादेखि साँझसम्म आउने फोनको टावर बिहान उठ्दाखेरि एकाएक गायब हुन थालेको उनको भनाइ थियो। “आजको युगमा फोन र इन्टरनेट अपरिहार्य छ, कठिन भौगोलिक वनावट र यातायातको सुविधा नहुँदा दुर्गममा सामान्य खबर आदानप्रदान गर्न पनि एक ठाउँबाट अर्को ठाउँमा पुग्नु पर्छ, फोन र इन्टरनेट भैदियो भने घरबाटै खबर आदानप्रदान गर्न सकिन्छ”, देवकोटाले भने । प्रत्येक दिन करिब पाँच घण्टासम्म फोन र इन्टरनेट सेवा दुवै जान थालेपछि दुर्गमका नागरिकलाई समस्या भएको उनको भनाइ थियो । डोल्पालवासीका लागि दुर्गमलाई सुगमसँग जोड्ने र सुगमको अनुभूति गराउने फोन र इन्टरनेट नै भएकाले टावरलाई कसरी हुन्छ जुनसुकै बेला पनि चल्ने बनाउन उहाँले आग्रह गरे । रसी लेकमा राखिएको टावर अवरुद्ध भएसँगै जुफाल र त्रिपुराकोटको पनि टावर अवरुद्ध हुने गर्दछ । त्रिपुराकोटको टावर केही महिना अघिमात्रै सञ्चालन भए पनि रसी र जुफालको टावरमा भने ऊर्जाको समस्या रहेको नेपाल टेलिकम जिल्ला शाखाका अधिकृत जयलाल बुढाथोकीले बताए । विद्युत् पनि नजोडिएको अवस्था र घाम नलाग्दा सोलारले राम्रोसँग काम नगर्ने भएपछि मङ्सिरयता यहाँका विभिन्न टावरमा समस्या आइरहेको उनको भनाइ थियो । रसी र जुफालको टावरमा सोलार र ब्याट्री थप भएमा यो समस्या हटथ्यो तर रसी लेकमा राखिएको टावरका लागि आँखे खोला जलविद्युत्बाट पोलसमेत गाडिए पनि विद्युत् सञ्चालन नभएपछि बत्ती भने जान सकेको छैन ।

बैतडीसहित सुदूर पहाडमा फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी । नेपाल टेलिकमले प्रदान गर्दै आएको टेलिफोन सेवा र इन्टरनेट सेवा अवरुद्ध भएको छ । डडेल्धुरामा अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए । हिजो दिउँसो देखि बैतडी सहित दार्चुला र बझाङमा पनि टेलिकमको सेवा अवरुद्ध रहेको बताइएको छ । अप्टिकल फाइबर मर्मतको काम चलिरहेकाले आजै सेवा […] The post बैतडीसहित सुदूर पहाडमा फोन र इन्टरनेट सेवा अवरुद्ध appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिमका सात जिल्लामा फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला सञ्चारविहीन भएका छन्। अत्तरिया–डडेल्धुरामा रहेको अप्टिकल फाइबरमा समस्या आएकाले मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द भएको नेपाल टेलिकम बैतडीका प्रमुख विक्रम टमटाले जानकारी दिए। सुदूर पहाडका बैतडी, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, अछाम र बाजुरा सञ्चारविहीन भएको टमाटाको भनाइ छ। मङ्गलवार दिउँसो २…

चार दिनदेखि फोन र इन्टरनेट सेवा अवरुद्ध

बैतडी : अप्टिकल फाइबर काटिदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको फोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ।बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले मोवाइल फोन, ल्याण्डलाइन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। सोमबार उक्त क्षेत्रमा अप्टिकल फाइबर काटिएको नेपाल टेलिकम बैतडीले जनाएको छ।फोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका छन्। नेपाल टेलिकमको जिएसएम मोबाइल सेवा, इन्टरनेट सेवा अवरुद्ध हुँदा दुवै जिल्लाका हजारौं ग्राहक मारमा परेका छन्। फोेन सेवा अवरुद्ध हुँदा सञ्चारविह