नेपाली काँग्रेस धनकुटा जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । सोमबार जिल्ला अधिवेशनका लागि मिति तय गरेपनि कमोट फागोको दबाब दिएपछि निर्वाचन अधिकृत पिकम राईले अधिवेशन स्थगित गरेका हुन् । सभापति शेरबहादुर देउवा पक्षले दुई वटै प्रदेशसभा क्षेत्रीय सभापति जितेपछि कृष्णप्रसाद सिटौला निकट फागो समूहले जिल्ला अधिवेशन बहिस्कारको नीति लिएको हो ।जिल्ला अधिवेशन सर्वसम्मत चयनको बाटोमा जानुपर्ने फागो समूहको जोड छ । तर वर्तमान कोषाध्यक्ष तथा जिल्ला सभापतिका उम्मेदवार दिनेश राई र फागोबीच सहम