अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक स्रोत, जनशक्ति र नविनतम प्रविधि प्रयोगलाई अर्थतन्त्र सुधार्ने आधारका रुपमा लिई बजेट ल्याइएको बताएका छन् । आगामी आर्थिक वर्ष २०७९/८० को लागि घोषित बजेट सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।