घरमै बेहोस भएर लडेपछि सीपी गजुरेल अस्पताल भर्ना

काठमाडौं । नेकपा माओवादी क्रान्तिकारीका नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो । अहिले उनको होस खुलेको पार्टीका नेता ईश्वर तिमल्सिनाले जानकारी दिएका छन् । उनका अनुसार गजुरेल आफ्नै घरमा बेहाेस भएर लडेपछि अस्पताल ल्याइएकाे र अहिले उनकाे स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।  The post घरमै बेहोस भएर लडेपछि सीपी गजुरेल अस्पताल भर्ना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.