छायांकन हुन नसके पनि आयो ‘सत्यम्’को गीत

काठमाडौं । अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको चलचित्र ‘सत्यम्’ अझै छायांकनमा गएको छैन । यो चलचित्रमा अभिनेता हमालसहित पल शाह, अनुप विक्रम शाही, उपासना सिंह ठकुरीलगायतका कलाकार यसअघि नै चयन भइसकेका छन् । फिल्मको कार्यशाला पनि सकिएको छ । फिल्मको छायांकन अझै हुन नसकेपछि यसको एउटा गीत सार्वजनिक गरिएको छ । एक नाबालिक गायिकालाई […] The post छायांकन हुन नसके पनि आयो ‘सत्यम्’को गीत appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

तोकियो धानको मूल्य, मोटाको प्रतिक्वीन्टल ३,१९८

काठमाडौं। धान रोपाइँ चल्दै गर्दा सरकारले यसको न्यूनतम समर्थन मूल्य तोेकेको छ । खेती लगाउने बेलामै अनाज बालीको समर्थन मूल्य तोक्ने अन्य मुलुकको अभ्यास अनुसरण गर्दै यसपालि नेपालमा पनि धान रोपाइँ हुँदै गर्दा समर्थन मूल्य तोकिएको हो । खेती लगाउँदा नै समर्थन मूल्य तोकेपछि किसानलाई आफूले कति क्षेत्रफलमा धान लगाउनेलगायत योजना बनाउन सहज हुन्छ । नेपालमा सरकारले गर्ने प्राय: निर्णय कार्यान्वयनमा समस्या पर्ने गरेकाले अहिले तोकिएको समर्थन मूल्यअनुसार किसानले धानको मूल्य पाउँछन् नै भन्ने यकीन छैन । सरकारले समर्थन मूल्य तोक्नुपर्ने र उक्त मूल्यमा आफूहरूले अनाज विक्री गर्न नसके खरीद गर्ने व्यवस्था सरकारले नै मिलाउनुपर्ने किसानको माग छ ।  ‘समर्थन मूल्यभन्दा सस्तोमा विक्री गर्नुपर्ने अवस्था आए सरकारले खरीद गर्ने व्यवस्था मिलाउनुपर्छ,’ जनकपुरका किसान रामअवतार यादवले भने, ‘अहिलेको निर्णय पहिलाको जस्तो नहोस् ।’ उनले पहिला समर्थन मूल्य तोके पनि सरकारले खरीदको व्यवस्था गर्न नसक्दा व्यापारीलाई सस्तो मूल्यमा विक्री गर्नुपर्ने बाध्यता रहेको बताए ।  असार २६ गतेको मन्त्रिपरिषद् बैठकले किसानको धान सरकारले तोकेको समर्थन मूल्यमा खरीद गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार १९८ र मध्यम धानको ३ हजार ३६२ रुपैयाँ तोकिएको छ । यो मूल्य गतवर्षको तुलनामा मोटामा प्रतिक्वीन्टल ३३० रुपैयाँ र मध्यममा प्रतिक्वीन्टल २३४ रुपैयाँले बढी हो । आर्थिक वर्ष (आव) २०७९/८० मा नेपालमा ५५ लाख ५० हजार ८७८ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष अहिलेसम्म पोहोरको तुलनामा कम क्षेत्रफलमा धान रोपाइँ भएको छ ।  मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरण, चैनपुर सेती जलविद्युत् आयोजनाको विद्युत्गृहमा रहने संरचना निर्माणका लागि बझाङ जिल्ला, तलकोट गाउँपालिका वडा नं. २ र ३ स्थित करीब ७ हजार ३१९ वर्गमीटर जग्गा प्राप्ति गर्न स्वीकृति दिने, अनुचित लेनदेन (मीटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको म्याद आउँदो असोज २५ गतेसम्म थप गर्ने, सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको म्याद आगामी साउन २६ गतेसम्म थप गर्ने, अत्याधुनिक चलचित्र छायांकन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका, वडा नं १० र १३ अन्तर्गत रहेको बाहुनडाँडा सामुदायिक वनको २ दशमलव ५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने, आव २०७८/७९ र २०७९/८० मा वार्षिक रूपमा न्यूनतम सय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्था (म्यानपावर) को इजाजतपत्र आव २०८०/८१ का लागि नवीकरण गर्न आएमा नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउने आदेश जारी गर्ने निर्णयसमेत गरेको छ ।  त्यस्तै पर्यटन विधेयक तर्जुमाको लागि सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, थवाङ गाउँपालिका, रोल्पालाई साविक थवाङ गाविस वडा नं. २ स्थित सामान्य प्रशासन मन्त्रालयको ८९० वर्गमीटर जग्गा कृषि उपज संकलन तथा विक्री केन्द्र निर्माणका प्राप्त गर्न स्वीकृति दिने, वन्यजन्तुबाट क्षति भएबापतको राहत वितरण निर्देशिका, २०८० स्वीकृत गर्ने, सार्वजनिक खरीद नियमावली, २०६४ को नियम १२० (क) बमोजिम म्याद थप भई चालू रहेका वा म्याद सकिएका तर खरीद सम्झौताबमोजिमको काम चालू रहेका खरीद सम्झौताको सार्वजनिक निकायलाई कुनै प्रकारको दायित्व नपर्ने गरी उक्त कार्य सम्पन्न गर्न लाग्ने वास्तविक थप अवधि यकीन गरी सार्वजनिक निकायका प्रमुखले म्याद थप गर्न सक्ने गरी सार्वजनिक खरीद ऐन, २०६३ को दफा ७४ (ख) बमोजिम बाधा अड्काउ फुकाउन आदेश जारी गर्ने र आव २०७९/८० मा वित्तीय समानीकरण अनुदानतर्फ विनियोजित रकममध्ये स्थानीय तहलाई हस्तान्तरण गर्न बाँकी रहेको रकम १२ अर्ब ७३ करोड ६ लाखको ४० प्रतिशतका दरले हुने रकम ५ अर्ब ९ करोड २२ लाख स्थानीय तहहरूलाई हस्तान्तरण गर्ने निर्णय भएको शर्माले जानकारी दिइन् ।