कर्णालीमा दसैँपछि ३५ जनाको मृत्यु, २० जनाको अवस्था अझै अज्ञात

कालिकोटको तिलागुफा नगरपालिका–४ मा मलामी गएका १३ जना बेपत्ता भए । असोज २३ मा हेमराज शाहीको अन्त्येष्टि गर्न तिला नदी किनारमा गएका राँचुली गाउँका १३ जनाको अवस्था अहिले पनि अज्ञात छ । अन्त्येष्टि कर्म चलिरहँदा आएको पहिरोले उनीहरूलाई कर्णाली नदीमा बगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।असोज १९ बाट सुरु भएको वर्षाका कारण आएको बाढी र पहिरोका कारण कर्णाली प्रदेशमा मात्र २० जना बेपत्ता छन् । तीमध्ये १८ जना कालिकोटबाट बेपत्ता भएका छन् । ‘बाढी र पहिरोका कारण कालिकोटबाट १८ जना बेपत्ता भएका छन्&r