सुदूरपश्चिम प्रदेश कोरोना भाइरस (कोभिड–१९) को चपेटामा पर्न थालेको छ । अहिलेसम्म कैलालीमा तीन र कञ्चनपुरमा एक गरेर चार जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये दुई जना भारतबाट र एक जना संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट आएका हुन् भने एक जनालाई बाहिरबाट आएका व्यक्तिबाट सरेको देखिएको छ ।