आईपीएल क्रिकेटको उपाधि गुजरात टाइटन्सले जित्यो

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि गुजरात टाइटन्सले जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा गएराति राति सम्पन्न फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो।  आईपीएलमा डेब्यू गरेको वर्ष नै गुजरातले उपाधि हात पार्न सफल भयो।  राजस्थानले दिएको १ सय ३१ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातका लागि  शुभमान गिलले नटआउट ४५,  कप्तान हार्दिक पाण्ड्याले ३४ र डेभिड मिलरले ३२ रन बनाए।बल

सम्बन्धित सामग्री

आईपीएल क्रिकेटको फाइनलमा गुजरात

नयाँ दिल्ली । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार राति अहमदावादमा मुम्बई इन्डियन्सलाई ६२ रनले हराउँदै गुजरात उपाधि नजिकै पुगेको हो । गुजरातले दिएको २ सय ३४ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई १० बल बाँकी छँदै १ सय ७१ रन बनाउँदा अलआउट भयो । गुजरातले अब उपाधिको लागि आइतबार […] The post आईपीएल क्रिकेटको फाइनलमा गुजरात appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आईपीएल फाइनल आज, प्रधानमन्त्री मोदी पनि खेल हेर्न रंगशाला जाने

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको उपाधिका लागि आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दैछन्। उपाधि भिडन्त भारतको नरेन्द्र  मोदी स्टेडियम अहदाबादमा राति सवा ८ बजे सुरु हुनेछ। गुजरात नवप्रवेशी टोली हो। उसले लिग चरणका १४ मध्ये १० खेलमा जित निकाल्दै शीर्ष स्थानमा रहेर प्लेअफमा पुगेको थियो। राजस्थान भने यसअघि सन् २००८ मा आईपीएलको उपाधि जितेयता १४ वर्षपछि फाइनलमा पुगेको हो। जारी सिजनमा शीर्ष दुई टोलीका रुपमा क्वालिफायर खेलेका गुजरात र राजस्थानबी

आईपीएलको फाइनल आज : उपाधिका लागि गुजरात र राजस्थान खेल्दै

काठमाण्डाै - इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको फाइनल खेल आज हुँदैछ । उपाधिका लागि गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् । खेल अहमदाबादमा राति सवा आठ बजे सुरु हुनेछ । गुजरात आईपीएल क्रिकेटको नवप्रवेशी टोली हो । राजस्थानले आईपीएलमा पहिलो संस्करणको उपाधि जितेको थियो । पहिलो क्वालिफायरमा गुजरातले राजस्थानलाई हराएर फाइनल पुगेको थियो भने दोस्रो क्वालिफायरमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई हराउँदै राजस्थान फाइनलमा पुगेको हो ।