उपत्यकाको ट्राफिक व्यवस्थापनमा जुट्दै स्काउटका ‘स्वयंसेवक’

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन नेपाल स्काउटका स्वयंसेवक परिचालन गरिने भएको छ । काठमाडौँको बढी भीडभाड हुने स्थानमा यातायातका साधन सहजरुपमा सञ्चालन गर्ने लक्ष्यसहित स्काउटका विद्यार्थीहरु स्वयंसेवकका रुपमा परिचालन गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौँमा आज उक्त कार्यक्रमको उद्घाटनका क्रममा नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर अम्गाईंले काठमाडौँका विभिन्न १५ स्थानमा १३० भन्दा बढी स्वयंसेवक परिचालन हुने जानकारी दिनुभयो । “हामी बर्दीमा रहेका स्वयंसेवक हौँ, कोभिड–१९ पश्चात् र पहिले पनि धेरै जिल्लामा नेपाल स्काउटले जनचेतनामूलक कार्यक्रम गरेको छ”, अम्गाईंले भन्नुभयो, “काठमाडौँ उपत्यकामा पनि ट्राफिक प्रहरीसँग सहकार्य गरेर सेवा दिन पाउँदा खुशी छौँ ।”

सम्बन्धित सामग्री

भारी वर्षापछि जलमग्न बन्यो माइतीघर, उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो दुई घण्टा भारी वर्षा भएको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ। भारी वर्षाका कारण उपत्यकाका विभिन्न स्थानहरु जलमग्न भएका छन्।  माइतीघर क्षेत्र पनि पूर्णरुपमा डुबानमा परेको छ। माइतीघर जलमग्न हुँदा सिंहदरबार जाने सडक र भद्रकाली जाने सडक पनि डुबानमा परेको छ।  डुबानका कारण ट्राफिक व्यवस्थापनमा…

उपत्यकाको ट्राफिक व्यवस्थापन– एक ट्राफिकको भागमा एक हजारभन्दा बढी सवारी

महालेखापरीक्षकको प्रतिवेदनले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापनमा समस्याको चाङ देखाएको छ । ५९ औं प्रतिवेदनले उपत्यकामा एकजना ट्राफिकको भागमा १ हजारभन्दा धेरै सवारी र १ किलोमिटरभन्दा बढी सडक पर्ने देखाएको हो ।बागमती प्रदेश सरकारका अनुसार २०७७ कात्तिकसम्ममा काठमाडौं उपत्यकामा १५ लाख ८ हजार ५३७ वटा सवारी रहेका छन् । यस्तै, काठमाडौं, ललितपुर र भक्तपुरमा २ हजार ८४ किलोमिटर सडक छ । यसलाई आधार मान्दा उपत्यकाका ट्राफिक प्रहरीलाई चाप देखिएको हो ।यस्तै, काठमाडौं उपत्यकामा २०७७ सालको कात्तिकसम्ममा १ हजा

विष्णुमति र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या

काठमाडौँ उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला किनारमा करिडोर निर्माण भए पनि कालोपत्र नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

ट्राफिक व्यवस्थापनमा खाल्डा बाधक

सडकमा रहेका खाल्डाखुल्डीले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। महानगरीय ट्राफिक प्रहरी महशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले खाल्डाखुल्डीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कठिन भएको बताए।