उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
अर्थ मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित छुट्टाछुट्टै बिदाइ कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले जिम्मेवारीमा रहँदा सबैको साथ र सहयोगमा मुलुक र जनताका पक्षमा कैयौं दूरगामी काम गर्न सकेको बताए ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले आफूलाई जस्तै अब आउने मन्त्रीहरूलाई पनि साथ र सहयोग गर्न कर्मचारीलाई आग्रह गरेका छन् ।