अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको लाइसेन्स प्लेट पढ्ने प्रविधि ‘फ्लक सेफ्टी’ नेटवर्कको सार्वजनिक रूपमा समर्थन गरेका छन्। ट्रम्पको यस अभिव्यक्तिले उनलाई अमेरिकी संसद्मा रहेका आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूसँग मतभेदको स्थितिमा पुर्याउन सक्ने देखिएको छ, जसले यस प्रविधिको तीव्र विरोध गर्दै आएका छन्। आइतबार ‘एयर फोर्स वान’ विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले व्यक्तिगत गोपनीयता र […]
साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचकमा सुधार आउँदा कारोबार रकमसँगै भोल्युममा पनि बढोत्तरी भएको छ । प्राविधिक रुपमा हेर्दा बजारले नयाँ ‘हायर हाइ’ समेत बनाएको देखिन्छ । यसअघि नेप्सेको उच्च बिन्दु २ हजार ५६५ रहेकोमा सोमबार बजारले उक्त स्तरलाई पार गर्दै २ हजार ५८५ को बिन्दुमा कारोबार […]
काठमाडौँ । हरितालिका तीजका अवसरमा पशुपतिनाथ क्षेत्रमा अवाञ्छित तथा आपराधिक गतिविधिमा संलग्न हुन सक्ने ७७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विगतका घटनाको अध्ययन तथा विश्लेषण गरी सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएकाहरू चोरी, लुटपाट, महिला दुर्व्यवहारलगायत गतिविधिमा संलग्न हुन सक्ने आशंका गरिएका […]
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाने भएका छन्। भारतीय अर्थमन्त्री निर्मला सितारमणको निमन्त्रणमा उनी भारत जान लागेका हुन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी सितारमणसहित उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन्। उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। गत भदौ १० गते नेपालमा […]
काठमाडौँ । बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका-५ का मुटुसम्बन्धी समस्या भएका १२ वर्षीय बालकलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ ल्याइएको छ। तत्काल उपचार आवश्यक देखिएपछि स्थानीय तह, नेपाली सेना तथा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बालकको हवाई उद्धार गरिएको हो। उद्धारपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा […]
काठमाडौं – विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच लाख सहयोग गरेको छ । झाकी श्रीमती दीपानारायण तथा छोरा आदित्यनारायणका तर्फबाट साधना कला केन्द्रमार्फत उक्त सहयोग रकम प्रदान गरिएको हो । सहयोगस्वरूपको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको जनाइएको छ । […]