धरहरासँगै ढलेकी रमिलालाई सम्मान, पुनर्निर्माणमा योगदान पुर्याएकालाई प्रशंसा पत्र

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँगै ढलेकी रमिला श्रेष्ठलाई सम्मान गर्नु भएको छ । आज धरहराको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रेष्ठलाई सम्मान गर्नु भएको हो। २०७२ वैशाख १२ गते गएको भूकम्पमा धरहरा ढल्दा रमिला धरहराको टुप्पोमा हुनुहुन्थ्यो । उहाँ धरहरा ढलेसँगै भुइँमा बजारिनु भएको थियो । यस्तै, उद्घाटन समारोहमा धरहरासँगै खसेर घाइते भएकाहरुको सु-स्वास्थ्यको कामना गरिएको छ भने ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ । धरहरा पुनर्निर्माणमा योगदान पुर्याएकाहरुलाई प्रधानमन्त्री केपी ...