बालेनले पाए १० हजारभन्दा बढी मत,केशव स्थापित झण्डै ५ हजार मतले पछि

काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले अग्रता थप फराकिलो बनाएका छन् । आज बिहानको ताजा मत परिणाम अनुसार बालेनले १० हजार २४१ मत पाएका हुन् । उनी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ४ हजार ७८८ मत अन्तरले र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा ५ हजार ४९९ मत अन्तरले अगाडि छन् । […]