काठमाडौं। उपेन्द्र यादवले महन्थ ठाकुर पक्षमाथि कारबाही गर्न सुरु गरेका छन्। निर्वाचन आयोगले जसपाको आधिकारिता दिएको भोलिपल्ट बसेको यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुर पक्षका प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ। यस्तै, बैठकले पार्टी निर्णय नमानेर स्पष्टीकरण सोधिएका स्थानीय तहका जनप्रतिनिधिहरूलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको नेता डम्बर खतिवडाले जानकारी दिए।