प्रधानमन्त्री कप टी– २० क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौँ। प्रधानमन्त्री कप टी– २० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। बुधबार कीर्तिपुरस्थित टीयू मैदानमा फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो।