यस वर्ष म्याग्दीमा तरुल तथा सखरखण्डको उत्पादन घट्यो

म्याग्दी – माटोभित्र फल्ने लहरे वनस्पति तथा कन्दमुल हो तरुल । वनस्पतिको जरामा फल लाग्ने र जरासँगै खान मिल्ने खाद्यपदार्थलाई कन्दमुल भनिन्छ । तरुलले नेपाली समाजमा परम्परागत खानाको पहिचान बनाएको छ ।  नेपाली समुदायमा खासगरी पुसेपन्ध्र र माघेसङ्क्रान्ति पर्वमा तरुल, सखरखण्ड र पिँडालुको विभिन्न परिकारहरु बनाएर खाने गरिन्छ । परापूर्वकालदेखि अहिलेसम्म कन्दमुलको अस्तित्वका रुपमा रहेको तरुलको उत्पादन र व्यापार भने पछिल्लो समय घटेको छ । स्वास्थ्यवर्द्धक समेत मानिने तरुलको उत्पादनमा कमी आएको हो ।  यसवर्ष माघे ...