गल्याङ, ८ असार । गाउँमा एक सयभन्दा बढी गाउँलेका कृषि औजार निर्माण गर्दै आएका स्याङ्जाको चापकोट नगरपालिका–७, साँखर खासामा ननबहादुर विश्वकर्माको टिनले छाएको चिटिक्क परेको घर छ । घर नजिकै टिनैले छाएको सानो आरन पनि छ । उनी भालेको डाँकोसँगै बिहानै उठेर आरनमा आगो फुक्न थाल्छन् । बिहानदेखि राति अबेरसम्म फलामका परम्परागत कृषि औजार अर्जापतिखार […]