निकट भविष्यमै संघीय संसदको अधिवेशन आह्वान हुने जनाउँदै संघीय संसद सचिवालयले तयारी थालेको छ ।
बिहीवार सूचना प्रकाशित गर्दै सचिवालयले सभामुख, सांसद, कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी र पत्रकारलाई एन्टिजेन परीक्षण गर्न भनेको छ ।
सचिवालयले शुक्रवार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा कोरोना भाइरस संक्रमण पहिचानका लागि एन्टिजेन परीक्षण हुने जनाएको छ ।
सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि सचिवालयले अधिवेशनको तयारी थालेको हो । नेपालको संविधान अनुसार मन्त्रिपरिषद्...