बेनी नगरपालिकाद्वारा ७३ लाखको कृषि कार्यक्रम सञ्चालन

प्रताप बानियाँ, म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाद्वारा गत वर्ष आर्थिक वर्षमा साढे ७३ लाख रुपियाँको कृषिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । बेनी नगरपालिकाअन्तर्गत कृषि शाखामार्फत् नगरपालिका क्षेत्रमा कुल ७३ लाख ५० हजार रुपियाँको लागतमा कृषिका कार्यक्रम सञ्चालन गरिएको हो । वार्षिक स्वीकृत कार्यक्रमबाट प्रविधिमा कृषकको पहुँच बढाउन तथा कृषि उत्पादन वृद्धिका लागि नगरपालिकाको विभिन्न […]

सम्बन्धित सामग्री

बाख्रापालक कृषकलाई १६ लाख अनुदान वितरण

म्याग्दी – बेनी नगरपालिकाका छ वटा वडालाई समेटेर बाख्राको व्यावसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आबद्ध कृषकलाई रु १६ लाखभन्दा बढी अनुदान वितरण गरिको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले जिल्ला बाख्रा व्यवसायी सङ्घमार्फत बेनी नगरपालिकाको १ देखि ६ नम्बर वडामा बाख्रा ब्लक कार्यक्रम सञ्चालन गरेको छ। केन्द्रका नायव […]

म्याग्दीमा जौ र आलु विकास कार्यक्रमका लागि २४ लाख बजेट विनियोजन

फागुन ४, म्याग्दी । म्याग्दीका दुई स्थानीय तहमा यस वर्षदेखि जौ र आलुको व्यावसायिक उत्पादन केन्द्र कार्यक्रम शुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रघुगंगा गाउँपालिका–५ झिँ र ६ नं वडा पाखापानीमा जौ तथा मालिका गाउँपालिका–६ को दिच्याम र ७ नं वडाको बिममा आलु ब्लक शुरु गरिएको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले जौ र आलुको व्यावसायिक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र बजारीकरणमा सघाउने उद्देश्यले ब्लक कार्यक्रम शुरु गरिएको बताए ।  ‘पालिका र जिल्लास्तरमा सरोकारवालाको सिफारिसपछि थपिएको आलु र जौ जोन कार्यक्रम कृषकको सञ्चालक समिति गठन र सम्झौता गरी कार्यान्वयन थालिएको छ’, उनले भने, ‘नयाँ ब्लक कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रू. २४ लाख बजेट विनियोजन गरिएको छ ।’ केन्द्रमार्फत यसअघि रघुगंगा–८ कुइनेमङ्गले, अन्नपूर्ण–८ राम्चे र मङ्गलाको ३, ४ तथा ५ नम्बर वडामा आलु, बेनी नगरपालिका–४ र मङ्गला–३, मालिकाको ४, ५, ६ र ७ वडामा सुन्तला तथा धवलागिरि–७ ताकममा रैथाने धानबालीको ब्लक कार्यक्रम सञ्चालन गरिएको थियो ।  ६ ब्लक कार्यक्रमको निरन्तरताका लागि रू. १३ लाख ११ हजारका दरले बजेट विनियोजन गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख किरन सिग्देलले बताए । जौको ब्लक ५० हेक्टर र आलु ब्लक ३० हेक्टर क्षेत्रफल समेटिएको छ ।  कार्यक्रममार्फत कृषकलाई निःशुल्क तालिम र प्राविधिक सहयोगका साथै सिँचाइमा ८५ र कृषि औजार, बीउ र विषादीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइने केन्द्रका प्रमुख सिग्देलले बताए ।  पोषिलो खाद्यबाली जौको खेती घट्दो क्रममा रहेको अवस्थामा शुरु गरिएको कार्यक्रमले संरक्षण र व्यावसायिक उत्पादन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  जिल्लाभर ३०० हेक्टरमा जौखेती हुने र वार्षिक ४०० मेट्रिकटन उत्पादन हुने कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । एक हजार ६०० हेक्टरभन्दा बढीमा खेती हुने आलु यहाँबाट निकासी हुने मुख्य कृषिउपज हो । जिल्लामा वार्षिक १६ हजार ४५० मेट्रिकटन आलु उत्पादन हुन्छ ।  संघीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले जोन, प्रदेश सरकारको कृषि ज्ञान केन्द्रले ब्लक र स्थानीय तहका कृषि शाखाले पकेट क्षेत्रका कार्यक्रम कार्यान्वयन गरेका छन् । रासस

दैलोमै कृषि बजार, किसानलाई सहज

मंसिर २०, पर्वत । पर्वतको जलजलाका किसानले आँफै कृषि बजार सञ्चालन गरेपछि जिवनयापन सहज भएको छ । मौसमी तथा बेमौसमी तरकारी फलाउने किसानले उत्पादन बजारीकरण गर्न कृषि बजार सञ्चालन गरेपछि दैनिकी सहज भएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सुन्तला जोन, तरकारी पकेट क्षेत्र तथा विभिन्न वालीका व्लक कार्यक्रम सञ्चालन भएको जलजला पर्वत जिल्लाकै सबैभन्दा बढि व्यावसायिक किसान रहेको पालिका हो । यहाँको धाईरिङ, नाग्लीवाङ, शालिजा, लेखफाँट, मल्लाज जस्ता गाउँमा बाह्रै महीना तरकारी खेती हुने गरेको छ । तर अनेक सकस झेलेर तरकारी र फलफूल उत्पादन गर्ने किसानले त्यसअनुसारको प्रतिफल पाउन सकेका थिएनन् । आफूले उत्पादन गरेको वस्तुबाट बिचौलिया लाभान्वित भइरहेको महसुस गरेपछि किसानले आँफै बजार सञ्चालन गरेका हुन् ।  गत वर्षअघि शुरु गरेको ‘जलजला कृषि बजार’ मा अहिलेसम्म ४०० किसान जोडिइ सकेका छन् । राजु आचार्यको नेतृत्वमा प्रदेश सरकार, स्थानीय सरकार र कृषि ज्ञान केन्द्रको आर्थिक सहयोगमा सञ्चालन गरिएको कृषि बजार स्थानीय किसानको सहभागितामा सञ्चालनमा छ ।  एक जना किसानले १० हजार रुपैयाँले लगानी गरेर शुरु गरेको कृषि बजारमा १० जना कर्मचारी कार्यरत छन् भने कृषि उपजको संकलन र विक्रीका लागि २ ओटा गाडी खरीद गरिएको छ । हरेक दिन कृषि उपज संकलन गर्न गाडी किसानको बारीसम्मै पुग्छ । वडा–७ को मिलनचोकमा कृषि उपजको संकलन केन्द्र सञ्चालनमा ल्याइएको छ । करीब १० रोपनी जग्गा भाडामा लिएर कृषि बजारका लागि तरकारी, फलफूल, अन्न, कुखुरा, खसीबोकालगायत संकलन तथा भण्डारणको व्यवस्था गरिएको छ । केन्द्रमै थोक तथा खुद्रा विक्रीका लागि मासु तथा तरकारी पसलसमेत सञ्चालनमा छन् ।  कृषि बजार सञ्चालक समितिका अध्यक्ष राजु आचार्यका अनुसार केन्द्रमा संकलित तरकारी बजारसम्म पु¥याउने काम पनि समूहले नै गर्दै आएको छ । ‘ कोरोनाका कारण गतवर्ष ४० लाखको काउली बारीमै कुहियो,’ सल्यान गाउँका एकनारायण पौडेलले भने,‘ त्यतिबेलै देखि कृषि बजार सञ्चालन गर्ने सोच बनाएका हौँ ।’ बजार नहुँदा डोकोमा बोकेर बजार धाउनुपर्ने अवस्था अहिले हटेको र किसानले राम्रो प्रतिफल पाएको पौडेलले बताए ।  किसानले गाउँमा उत्पादन गरेको कृषि उपज, पशुजन्य उत्पादन नजिकको संकलन केन्द्रमा पु¥याउँछन् । संकलन केन्द्रमा कृषि बजारको सवारी गएर बजारसम्म ल्याउँछ । किसानहरुले पठाएको वस्तुको रकम कृषि बजारले तिर्ने गरेको छ ।  तरकारी मात्रै नभएर दूध, दही, घिउ, फलफूल, दलहन, तेलहन, अदुवा, बेसार लगायतको पनि समूहले विक्री गर्दै आएको छ । ‘बजारमा बिचौलियाले फाईदा लिने गर्थे,’ स्थानीय कोमल आचार्यले भने, ‘अहिले आँफै मोलतोल गरेर बेच्न पाईएको छ । बजार खोलेपछि धेरै सुविधा भएको छ ।’ दैनिकजसो बारीमै पुगेर तरकारी संकलन गर्दा आफूहरूको समय र रकम दुवै बचत भएको उनको भनाइ छ । कृषि बजारमा संकलित तरकारी विक्री गर्न गत वर्षदेखि म्याग्दीको बेनी र पर्वतकै मिलनचोकमा छुट्टाछुट्टै विक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । केही महीनाभित्रै पर्वत सदरमुकाम कुश्मा, मुस्ताङको जोमसोम, बागलुङ बजार र पोखरामा समेत विक्री केन्द्र सञ्चालनमा ल्याउन लागिएको अध्यक्ष आचार्यले बताए । यसै वर्षदेखि पर्वत, म्याग्दी, मुस्ताङ र बागलुङका ग्रामीण क्षेत्रमा उत्पादित टिमुर, सिल्टिमुर, लप्सीलगायत फसलसमेत संकलन गरी बिक्री थाल्ने तयारीमा समूह छ । विक्री केन्द्रबाट मात्रै दैनिक ६० हजार रुपैयाँसम्मको कारोबार हुँदै आएको छ । बिचौलियाको मारमा परेका किसान र उपभोक्तालाई राहत दिन शुरु गरेको कृषि बजारले सफलता पाउँदै गएको उपभोक्ता बताउँछन् । बाहिर बजारमाभन्दा जलजला कृषि बजारमा हरेक वस्तु १०/२० रुपैयाँ सस्तो पाइन्छ ।  उपभोक्ताहरुले पनि सस्तो र ताजा तरकारी किनेर खान पाएका छन् । कृषि बजारको क्षमता बढाएर यहाँको उत्पादन पोखरा, काठमाडौं तथा बुटवलसम्म लैजाने तयारीमा रहेको कृषि बजार सञ्चालक समितिले जानकारी दिएको छ । जलजलाको सुन्तला बाहेक अरु उपज स्थानीय स्तरमा मात्रै बजारीकरण हुँदै आएको छ । किसानको माग अनुसार उत्पादन देशभरि विक्री गर्ने गरि संयन्त्र निर्माणको चरणमा रहेको अध्यक्ष आचार्यले बताए ।

बेनी नगरपालिकामा ७३ लाख बढीका विभिन्न कृषि कार्यक्रम सञ्चालन, स्थानीय लाभान्वित

प्रताप बानियाँ, म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकाद्वारा गतवर्ष साढे ७३ लाख रुपैयाँको कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् । बेनी नगरपालिकाअन्तर्गत कृषि शाखामार्फत नगरपालिका क्षेत्रमा कुल ७३ लाख ५० हजार रुपैयाँको लागतमा कृषिका कार्यक्रमहरु सञ्चालन गरिएको हो । वार्षिक स्वीकृत कार्यक्रमबाट प्रविधिमा कृषकको पहुँच बढाउन तथा कृषि उत्पादन वृद्धिका लागि नगरपालिकाको विभिन्न वडाका […]