काठमाडौँ– संघीय संसदको अधिवेशन अन्त्य भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्य गरेकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को चैत १ गतेको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन मंगलबार राति १२ बजेदेखि अन्त्य गरेको संसद सचिवालयले जनाएको छ ।