काठमाण्डाै - चुनाव चिह्न पाएसँगै दल तथा उम्मेदवारहरु प्रचारमा जुटेका छन् । हिजो निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिएसँगै दल तथा उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका हुन् ।
उम्मेदवारसहित दलका नेता कार्यकर्ताहरु गाउँघरमा पुग्न थालेका छन् । सहरबजार, गाउँघर र चियापसल तथा चोकचोकमा चुनावी कुराकानी र चर्चा हुन थालेका छन् । तर, प्रचारप्रसारमा जाँदा आचारसंहिता पालना गर्न उम्मेदवारलाई निर्वाचन आयोगले आग्रह गर्दै आएको छ ।
आयोगले प्रतिनिधि सभाका उम्मेदवारले न्यूनतम २५ देखि ३३ लाख रु...