ज्योति लाइफको आइपिओ आज बाँडफाँट हुँदै, १२ लाखको हात खाली हुने

काठमाडौं : ज्योति लाइफ इन्स्योरेन्सको आइपिओ शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार दिउँसो साढे १२ बजे ज्ञानेश्वरस्थित ज्योति लाइफ इन्स्योरेन्सको भवनमा आइपिओ  बाँडफाँटको तयारी छ।  कम्पनीले फागुन २१ गते शुक्रबारदेखि फागुन २६ गते बुधबारसम्म निष्कासन गरेको आइपिओमा मागभन्दा धेरै आवेदन परेकाले  गोलाप्रथाबाट बाँडफाँट गरिने छ। कम्पनीको आइपिओ ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले हात पार्नेछन्। आइपिओमा १८ लाख ४ हजार ६४८ जना आवेदकले ३ अर्ब...