त्रिविमा फेरि दोहोरियो प्रश्न पत्र

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयमा पुनः अघिल्लो वर्षसँग प्रश्नपत्र हुबहु जुधेको छ। बुधबार भएको राजनीतिशास्त्र एमएको परीक्षामा अघिल्लो वर्षसँग जस्ताको त्यस्तै प्रश्नपत्र दोहोरिरएको हो। यसै हप्ता स्नातकोत्तर तह तेस्रो सेमेष्टरमा पब्लिक अर्थशास्त्रको प्रश्नपत्र पनि अघिल्लो वर्षसँग हुबहु मेल खाएको थियो। उक्त प्रश्नपत्रबारे त्रिविले छानबिन अघि बढाइरहेका बेला बुधबार राजनीतिशास्त्रको पनि प्रश्नपत्र अघिल्लो वर्षसँग मेल खाएको हो।

सम्बन्धित सामग्री

प्रश्न पत्र ‘आउट’ गर्ने शिक्षक निलम्बन

समयावधि भन्दा पहिले नै प्रश्न पत्र बाहिर ल्याएको भन्दै अर्घाखाँचीको मालारानी गाउँपालिकाले एक शिक्षकलाई निलम्बन गरेको छ।...

हुबहु प्रश्न पत्र बनाउनेले ३ वर्षसम्म त्रिविका क्याम्पसमा पढाउनसमेत नपाउने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्न पत्र बनाउनेलाई तीन वर्षसम्म विश्वविद्यालयका आङ्गिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको छ । रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले विज्ञप्ति निकाल्दै विश्वविद्यालयमा ती दुवै प्रश्न पत्र निर्माणमा सहभागी शिक्षकहरूलाई ३ वर्षसम्म विश्वविद्यालयका कुनै पनि काममा सहभागी नगराउने निर्णय गरेको हो । उनीहरूलाई ३ वर्षसम्म डीन कार्यालयको परीक्षासँग […]

त्रिविको प्रश्न पत्र निर्माणमा लापरबाही : पद्‌मकन्या क्याम्पस अगाडि प्रदर्शन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले प्रश्न पत्र निर्माणमा लापरबाही गरेको भन्दै विद्यार्थीहरूले पद्‌मकन्या क्याम्पस अगाडि प्रदर्शन गरेका छन्। त्रिविअन्तर्गत बिबिए छैटौँ सेमेस्टरको परीक्षामा पाठ्यक्रमै नभएको प्रश्न आएको, हुबहु प्रश्न पत्र बनाएको भन्दै विद्यार्थी आन्दोलित बनेका हुन्। उनीहरूले टीयू तेरो पाराले दुःख पाए साराले, टीयू डीन राजीनामा दे भन्दै नाराबाजी गरिरहेका छन्।

तीन सुरक्षा घेराबीच एसईईको प्रश्न-पत्र छपाई सुरु

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)का लागि बिहीबारदेखि प्रश्न-पत्र छाप्न सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सेक्युरिटी प्रेसमा एसईईका प्रश्नपत्रहरू छापिँदै छन् । जनक शिक्षाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल झाका अनुसार तीनवटा सुरक्षा घेराबीच एसईईका प्रश्न-पत्रहरू छाप्ने कार्य भइरहेको छ । प्रश्न-पत्र चैत मसान्तभित्र छापिएर जिल्ला–जिल्लामा पठाइनेछ । […]

शान्ति मिसनको प्रश्न पत्र लिक प्रकरणमा डिएसपी पाठकको संलग्नता देखिएन

शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–स्याट)को प्रश्न पत्र ‘लिक’ गर्नेहरूमाथि प्रहरी प्रधान कार्यालयले कारबाही सुरु गरेको छ । डीआईजी वसन्त लामा नेतृत्वको समितिले बुझाएको छानबिन प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता (एसएसपी) वसन्त कुँवरले रातोपाटीलाई बताए । यसअघि प्रश्न पत्र लिक प्रकरणमा संलग्न भनिएका डिएसपी वासु पाठकको संलग्नता छानबिनबाट देखिएन । छानबिन समितिले बुझाएको प्रतिवेदनमा युएन शाखामा कार्यरत डिएसपी पाठकको संलग्नता बारे उल

प्रहरी हेडक्वाटरबाटै युएन मिसनको प्रश्नपत्र आउट, छानविनमा तानिँदै प्रहरी

काठमाडौं : प्रहरी हेडेक्वाटरभित्र नै चोरी होला भन्ने कमैले सोचेका हुन्छन्। त्यो पनि सामान्य विषय होइन परीक्षाको प्रश्न पत्र नै। तर जति नै सुरक्षाकर्मीले घेरिएको सुरक्षित ठाउँ भए पनि चोरी भयो। शनिवार र शुक्रवार भएको प्रिस्याट परीक्षाको प्रश्न पत्र नै चोरी भएको खुलेको हो। यो परीक्षा राष्ट्र संघको शान्ति मिसनमा…

प्रहरी हेडक्वार्टरबाटै शान्ति मिसन परीक्षाको प्रश्न-पत्र चोरिएको पुष्टि

२१ साउन, काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालको यूएन शाखाभित्रै चोरी भएको छ । शान्ति मिसनमा जानका लागि हुने प्रारम्भिक छनौट परीक्षा प्रि-स्याटको प्रश्न पत्र चोरिएको पुष्टि भएको हो । शनिबार भएको प्रि-स्याट परीक्षा अघि नै केही परीक्षार्थीसम्म प्रश्न पत्र पुगेपछि हल्लाखल्ला भएको थियो । र, केहीले आपत्ति जनाएपछि परीक्षा एक घन्टा ढिलो गरी सुरु […]